
पूर्णपुष्टि, जेष्ठ ३१
वितेको २४ घण्टाम देशभर २ हजार ९ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
९ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ सय ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा देशभर ५ हजार १ सय ४७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै देशभर कोरोना मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ ।
अहिले देशभरमा कोरोना संक्रमण मुक्ता हुने दर ८७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, वितेको २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । योसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।
