
पूणर्पुष्टि, जेष्ठ, १८
दैलेखमा आज थप १७ जना र कालिकोटको १ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिविारीका अनुसार अब संक्रमतिको संख्या दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जना पुगेको छ । संक्रमति पुष्ट िभएका बाजुरा र बझाङका २ जना पनि कणर्ालीमै उपचाररत रहेका उनले बताए ।
आज नयाँ थपिएका संक्रमितमा दैलेखका १७ जना र कालीकोटका १ जना रहेका मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संक्रमितमध्ये दैलेखका एकजनाको शनिबार मृत्यु भएको थियो ।
