
पूर्णपुष्टि, असार ५ गते ।
कोरोना संक्रमित मध्ये दैलेखमा उपचारपछि निको हुनेको संख्या ३ सय ३४ पुगेको छ ।
बिहीबारसम्म कोरोना जितेर घर फिर्नेको संख्या ३ सय ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।
क्वारेण्टीन र आइसोलेशनमा २५ दिन पुगेका र २ पटकसम्म पीसीआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको जनाईएको छ ।
दैलेखमा कोरोना संक्रमित ७ सय २१ पुगेका छन् ।
