पूर्णपुष्टि, पुष ९ । उदयपुरको सदरमुकाम गाईघाटमा जारी दोस्रो खाना परिकार महोत्सवको आज छैटौँ दिन १ नं. प्रदेश स्तरिय लागे नाच प्रतियोगिता हुने भएको छ । झीगु नेवाः पुचः गाईघाटको आयोजनामा संञ्चालीत खाना परिकार महोत्सव प्रदेश नं.१ भित्र गरी बिभिन्न १२ स्थानका लागेहरुले आ–आफ्नो प्रस्तुती प्रदर्शनी गर्ने छन् ।
१ नं. प्रदेश स्तरिय लागे नाच प्रतियोगिताको औपचारिक उत्घाटन बिहान १० बजे हुने आयोजकले बताएका छन् । प्रतियोगितामा उपस्थित सहभागि लाखेहरु कार्यक्रम स्थल पिपल चौकबाट र्यलीको लागि निस्किने छ । उक्त र्याली पिपलचौक,मेनचोक,टेम्पुचोक,हिमालीटोल हुँदै पुःन कार्यक्रम स्थल पिपलचोक आउने व्यवस्थापन समितिले बताएका छन् ।
लागे नाच प्रतियोगितामा सहभागी संस्थाहरु नेवा स्खल समाच मोथ्याई उदयपुर, नेवार संघ कटारी नगरपालिका उदयपुर, नेवाः देय् दब्बु बिर्तामोड, बिराट नेवाः पुचः बिराटनगर, मोरङ, इन्द्रपुर नेवाः पुचः बिराटचोक, जनहित पार सपरिक सेवा ओखलढुङ्गा, नेवाःदेय् दब्बु झुम्का, नेवाः देय दब्बु पाँचखान संखुवासभा, अर्खोलि बजार सामाजीक खोटाङ, पासाखल धरान, भिगु नेवा पुचः उप–शाखा बोक्से उदयपुर र ईलाम गरि बाह्र वटा संस्थाहरुको उपस्थिति हुने भएका छन् ।
