पूर्णपुष्टि, मङ्सिर २४ ।
आगामी पुस ४ दखि १० गतेसम्म उदयपुरको गाईघाट बजारमा खाना महोत्सव हुदैछ । झिगुुँ नेवाः पुुचःले प्रदेशस्तरको दोस्रो खाना महोत्सवको आयोजना गर्ने भएको हो ।
आज पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवमा विभिन्न जातीय परिकारसहित नेपाली खाना महोत्सव गर्ने जनाएको छ । कला संस्कृति संरक्षण, जातीय परिकार प्रवद्र्धनसहित पर्यटन विकासका लागि महोत्सव गर्ने भएको हो । सोही अवसरमा लाखेनाच महोत्सव र नेवा छमछमी प्रतियोगितासमेत गर्ने जनाएको छ ।
महोत्सवमा परम्परागत तथा सांस्कृतिक झल्किने विभिन्न जातजातीको भेषभुषा तथा झाँकीहरु प्रदर्शन हुनेछ । नेवा छमछमी सिजन ३ र लाखे महोत्सव हुनेछ । विभिन्न जातजातिका परिकार विक्री वितरण हुनेछ । दैनिक साङ्गितिक प्रस्तुतीहरु हुनेछ ।
मेलाले कृषि पेशालाई ब्यवसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने, ब्यवसायिक चेतना अभिबृद्धि गर्ने र लगानीको अवसरहरुको सिर्जना गर्ने आयोजकको दावी छ ।
महोत्सवले त्रियुगाको एकवडा एक जातीको होमस्टे प्रवद्र्धनमासमेत टेवा पुर्याउने उद्देश्य लिएको छ । करिब २३ लाखको खर्च अनुुमान गरेको आयोजकले ३० लाखसम्म आम्दानीको लक्ष लिएको छ । केही रकम बचत गरेर नेवा समुदायको जातीय सङ्ग्रालयमा सामान जोड्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा संस्थाका सचिव गोपाल श्रेष्ठले सबै पक्षसंग साथ, सहयोगको अपिल गरे । यसअघि होटल ब्यवसायी संघसंगको सहकार्यमा पहिलो खाना महोत्सव भएको थियो । यसपटक झिगु नेवाः पुचः ले एकल आयोजना गरेको छ ।
