Tuesday, April 28News That Matters

धरानमा एक कोरोना संक्रमितको ज्यान गयोे

पूर्णपुष्टि,वैशाख १४

धरारनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । सोमबार राति साढे ९ बजे विराटनगर महानगरपालिका–१५ का ५६ वर्षीय पुरुषको ज्यान गएको हो ।

मृतक पुरुषलाई नोबेल मेडिकल कलेजले उपचारका लागि धरान रेफर गरेको थियो । उनमा वैशाख ७ गते कोरोना पोजेटिभ देखिएको थियो । ९ वैशाखमा भर्ना भएका पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

अस्पतालकाअनुसार मृतक पुरुषमा मधुमेह र उच्चरक्तचापको समस्या रहेको थियो ।