Monday, April 20News That Matters

धरानमा पहिरोले घर पुर्यो, दिदि भाई बेपत्ता

पूर्णपुष्टि, कार्तिक २
अबिरल बर्षाका कारण धरानमा पहिरोले घर पुरिदा २ जना बेपत्ता भएको छ । बेपत्ता हुनेमा एक बालक र एक बालिका रहेको छ । उनिहरु एक परिवारका दिदि भाई रहेको प्रहरीले जनाएको छ ।सुनसरी प्रहरीका अनुसार पहिरो खसेसँगै वेपत्ता हुनेमा ७ वर्षिया निसु राई र वर्ष ४ का निहान राई रहेका छन ।

उद्दार कार्यको लागि घटनास्थलमा थप टोली पठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कुमार कार्कीका अनुसार पहिरोले धरान १३ को नागेश्वर मार्गमा रहेको निशान राईको घर पुरिएको हो । पहिरोसँगै राईका छोरा र छोरी वेपत्ता भएको उनले बताए । कार्कीले वेपत्ता भएकाहरु पुरिएको हुन सक्ने आशंकामा उद्दार कार्य जारी रहेको बताए । उनले निरन्तरको वर्षाका कारण उद्दारमा भने समस्या आएको बताए ।