Sunday, May 31News That Matters

धान कुट्ने क्रममा मिलमा सल बेरिएर एक महिलाको मृत्यु

पूर्णपुष्टि, पुष २८
धान कुट्ने क्रममा मिलमा सल बेरिएर एक जना महिलाको ज्यान गएको छ । अछाम जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको हो ।
साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।
धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ ।