Sunday, June 28News That Matters

नक्कली नोट बनाउने सामानसहित २ पक्राउ

पूर्णपुष्टि,माघ २५

नक्कली नोट बनाउने सामानसहिकत  कञ्चनपुरबाट २ जना  पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित  प्रहरीले २ जनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाण्डौ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित उनीहरु प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ । प्रहरीका अनुसार पक्राउ परेको उनीहरुको साथबाट नक्कली एक हजारको १ थान र ५०० का २ थान नोट बरामद भएको छ ।

यसैगरी विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो १ थान र स्टिलका थाल २ थान बरामद गरिएको छ ।