
झापा, पौष २८ गते ।
झापाको बाह्रदर्शीमा नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बाह्रदर्शी गाउँपालिका–३ को राजगढ बजारमा नक्कली प्रहरी बनेर ठगी गर्ने पर्शुराम महत्तो र जिवन दास दिउँसो साढे १२ बजे पक्राउ परेका हुन् ।
सो गाउँपालिका ४ को चकचकी निबासी स्थानिय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने गौरीगंञ्ज गाउँपालिका–१ निबासी २८ वर्षीय महत्तो र ३ नम्बर वडा निबासी २० वर्षीय दासले आफुहरु १ न. प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआईवी प्रहरी भन्दै आलमसंग सात हजार रुपैयाँ असुली गरेको प्रहरी जनाएको छ ।
घटनाबारेमा स्थानीयलाई शंका लागे पछी ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी पुगी दुबैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा लगि घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
