पूर्णपुष्टि, फागुन १६ ।
त्रियुगा नगरको विकासमा भूमिका खोज्दै मधेशी युवा समाज उदयपुरले भोली एक दिवसीय बृहद मधेसी युवा भेला कार्यक्रम गर्दैछ । नगर विकासमा युवाहरुको भूमिका विषयक अन्तरक्रियासहित भेला कार्यक्रमको आयोजना गरिएको समाजका संयोजक चन्दनकुमार साहले बताउनुभयो ।
कार्यक्रममा विशेष वक्ताको रुपमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, नेकपा युवा नेता किरण राई, नेपाली कांग्रेसका युवा नेता सरोज बस्नेत, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगत, मधेसी युवा नेता खेमनारायण यादव रहेका छन् । त्यस्तै आदिबासी जनजाति महासंघको तर्फबाट केशब मगर, गैरसरकारी संस्था महासंघको तर्फबाट महेश्वरी राई, पत्रकारको तर्पmबाट नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई वक्ताका रुपमा रहेका छन् । मुस्लिम अभियानता एवम् महिला अधिकारकर्मी नजबुल खान (निलम), दलित अगुवा दिलिप रसाईली, मधेसी अगुवा रत्यानारायण झा, बैजनाथ साह र डा. रमित गुप्ता पनि वक्ताकारुपमा रहेका छन् ।
रामजानकी पार्टी प्यालेस, गाईघाटमा हुने कार्यक्रमको तयारी पुरा भएको जनाइएको छ । सम्मान, मायाको चिनो प्रदान, छलफल, अन्तरक्रिया तथा समितिको गठन÷पुनःगठन लगायतका कार्यक्रमहरु हुने जनाइएको छ ।
