
पूर्णपुष्टि, भदौ २९ । उदयपुरको बेलका नगरपालिकाले ५९ औं राष्ट्रीय बाल दिवसको अवसरमा आयोजना गरेको नगरस्तरीय बक्तृत्वकला प्रतियोगितामा रामपुर पव्लिक एकेडेमीको छात्रा पुष्पा अधिकारी प्रथम भएकी छन् ।
कक्षा १० मा अध्ययनरत पुष्पाले “ बालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी “ शिर्षकमा ६ जना प्रतियोगिलाई उछिन्दै पहिलो स्थान हासिल गरेकी हुन्। त्यस्तै द्वितीय, तृतीय र सान्तत्वना पुरस्कार क्रमश : (नर्थ स्टार) की सलिना कोईराला, (सप्तकौषिकी मा.बि.) की ससिता कोईराला, (कोशी मा.वि.) की आशा विश्वकर्मा ले प्राप्त गरेकी छन् । बिजयी प्रतियोगीहरुलाई बेलका नगरका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष असोक कार्कीले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको हो ।
कार्यक्रममा नगर प्रमुख कार्कीले वालवालिकाहरु देश विकासको मेरुदण्ड भएकोले वालवालिकामा गरेको लगानी कहिल्यै खेर नजाने बताउदै बेलका नगरपालिकाले चाडै नै पालिकाका सवै वडाहरुलाई वालमैत्री वडा घोषणा गर्न लागिएको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख जीरा राईले वालवालिका भविष्यका कर्णधार मात्रै नभई वर्तमानमा समेत सबै पक्षले संगै लिएर हिड्नुपर्ने बताउनुभयो ।
त्यसै गरी महिला तथा वालवालिका शाखा , बेलका नगरको अगुवाईमा प्रभातफेरी कार्यक्रम समेत भएको छ। बिहान ७ बजे नगरपालिका परिसरबाट सुरु भई रामपुर बजार परिक्रमा गरी नगरसभाहलमा पुगी र्याली सभामा परिणत भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधी,ईलाका प्रहरी कार्यालय रामपुर , शशस्त्र प्रहरी बल डुडखोला ,स्थानीय संघसंस्था, विद्यालयका वालवलिका तथा शिक्षकहरुको उपस्थिती रहेको थियो।
