Friday, May 15News That Matters

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

काठमाडौं, फागुन ८ ।
नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्।
विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा ूअफगान परकम्पहरूस् एशेजबाट एशेज सम्मरुू ूहामी ृतालिबाने लाई मान्यता दिन अनिच्छुक छौं र त्यसो गर्दैनौं,ू भन्ने धारणा राखेको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।
अफगानिस्तानमा तालिबानको सत्ताआरोहण अगस्टको मध्यमा भएको थियो जसले आर्थिक अव्यवस्था र गम्भीर मानवीय सङ्कट निम्त्याएको छ। सेप्टेम्बरको शुरुमा, तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो ।
अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनर्स्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अत्यन्तै आवश्यक अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन। रासस