
पूर्णपुष्टि, चैत्र १३ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहका बिच शाहलाई प्रधानमन्त्री पदको सपथ ग्रहण गराएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो । शपथ ग्रहण कार्यक्रममा बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।
