
पूर्णपुष्टि, जेष्ठ १९
त्रियुगा नगरपालिका वडा नं १६ का वडाअध्यक्ष मान वहादुर राईले पदवहाली गरेका छन् । राईले बिहिबार चिलाउने स्थित वडा कार्यालयमा पदवहाली गरेका हुन् । राई दोसो कार्याकालका लागि पदवहाली गरेका हुन् । ७४ सालमा पनि राईले वडाअध्यक्षमा निर्वाचि भएर काम गरिसकेको अवस्था छ ।

राईले यस पटकको चुनावमा पनि अत्यादिक मत ल्याई वडामा निर्वाचित भएका थिए । उनले नेकपा एमाले र कांग्रेसलाई पराकिलो मतान्तरले पछि पार्दै वडा नेतृत्वमा चुनिएका थिए । राई सहित वडा सदस्य घमान सिंह राई, राम नारायण श्रेष्ठ, खुल्ला महिला सदस्य गोमा कार्की र दलित महिला सदस्य कुन्ती परियारले सँगै अध्यक्ष राईले पदवहाली गरेका छन् । पदवहाली सँगै राईले महत्वपूर्ण तिन ओटा निर्णय समेत गरेका छन् ।
वडाभित्र सञ्चार सेवा नियमित तथा वडा स्थित सिम्ले गाउँमा सञ्चार सुविधा विस्तार, स्वास्थ संस्थामा डेलिभरि हुने प्रत्येक आमालाई सुत्केरी आमा स्याहार तथा पोषण सहयोग अन्तर्गत रु। ३,००० बराबरको सहयोग, वडाभित्र आधारभुत स्वास्थ्य सेवा केन्द्र सुकौराबाट मुटु जाँच, इ.सि.जि. सेवा सञ्चालन लगायत महत्वपूर्ण कुराहरु समेत निर्णय भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कार्यालयका वडा सचिव महेश खनाल सहित सम्पूर्ण कर्मचारी लगायत वडावासी, संघसंस्था प्रतिनिधि, विद्यार्थी, शिक्षक सम्पूर्णले भव्य स्वागत तथा बधाई ज्ञापन समेत गरे ।

