Sunday, June 28News That Matters

नाइजेरियाको लागोसमा अनिश्चितकालिन कर्फ्यु

पूर्णपुष्टि, कात्तिक ५

नाइजेरियाको लागोसमा अनिश्चितकालीन कफर््यू लगाईएको छ । नाईजेरियाको सबैभन्दा ठूलो शहर लागोसमा अनिश्चतकालका लागि कर्फ्यु लगाइएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
प्रहरी क्रुरताको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हानेको गोली लागेर झण्डै २० जनाको ज्यान गएको र ५० जना घाइते भएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै जनाईएको छ ।

मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एम्नेष्टी इन्टरनेश्नलले आफूसँग ज्यान गुमाएकाहरुसँग जोडिएको प्रमाण रहेको दाबी गरेको छ । प्रशासनले गोलाबारीको यो घटनामा अनुसन्धान थालेको जनाएको छ । घटनापछि लागोससँगै अरु इलाकामा अनिश्चितकालका लागि कर्फ्यु लगाइएको जनाईएको छ ।