
भदौ २४ गते ।
आमाले आफ्नो सन्तानको नागरिकता प्राप्तिका लागि बाबु भनेको व्यक्ति गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ ।
नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ ।
विधेयकमा आमाले गरेको स्वघोषणा झुटा ठहर भए ६ महिनादेखि डेढ वर्षसम्म कैद र २५ हजारदेखि एक लाखसम्म जरिवाना हुने सजायको व्यवस्था गरिएको छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
