Thursday, July 2News That Matters

नाग्म बजारमा पहिरोले ४ घर पुर्यो

पूर्णपुष्टि, भदौ १४

कालीकोटको नाग्म बजारमा पहिरोले चार घर पुरिएको छ । जुम्ला र कालीकोटको सिमानामा पर्ने तिलागुफा नगरपालिका– १ को नाग्म बजारमा पहिरो चार ओटा घर पुरिदा घरभित्र कम्तीमा १० जना मानिस पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

संचारको कुनै सेवा र सुविधा नभएकाले जिल्ला प्रशासन कार्यालय कालीकोट र नजिकै पर्ने जुम्लामा खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिला भएको स्थानीयले जनाएका छन् । कर्णाली राजमार्गकै किनारका घरहरुमा पहिरो खसेकाले अहिले राजमार्ग पूर्णरुपमा बन्द भएको जनाईएको छ ।