Sunday, June 28News That Matters

नार्कको कार्यकारी निर्देशकमा भण्डारीलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय

पूर्णपुष्टि, असोज १२

मन्त्रिपरिषदको बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो दिउँसो बसेको बैठकले नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको जनाईएको छ ।
बाढी पहिरोमा परेकाहरूको उद्धार, राहत तथा आर्थिक सहयोगको बारेमा नियमितझैँ छलफल र निर्णय भएको छ । त्यस्तै, नेपाल–इजरायल सरकारबीच दुई देशको हितमा हुने विभिन्न सम्झौता र सहमतिमा हस्ताक्षर गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यिलाई दिने निर्णय सरकारले गरेको जनाईएको छ ।