Friday, May 15News That Matters

नालीको पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

पूर्णपुष्टि, फागुन १
झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक तीन वर्षीय बालकको ज्यान गएको छ । टिकमा श्रेष्ठका छोरा आयुस श्रेष्ठको नालीको पानीमा डुबेर ज्यान गएको हो ।
घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा बालकको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ–लाईन अस्पताल दमक लगिएकोमा आयुसको उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । घटनासमबन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।