Saturday, June 27News That Matters

निजगढ विमानस्थल निर्माणको आशयपत्र माग

पूर्णपुष्टि, असार २३

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले स्विजरल्याण्डको ज्युरिच विमानस्थलसँग आशयपत्र मागेको छ ।

लगानी बोर्ड नेपालको कार्यालयले सूचनामार्फत ज्युरिचको मनसायपत्र प्रस्ताव अर्थात ईओआई स्वीकृत भएकोले आशयपत्र अर्थात आरएफपी बुझाउन भनेको हो ।

सार्वजनिक निजी साझेदारी ऐनको दफा २५ अनुसार ज्युरिचलाई आशयपत्र बुझाउन भनेको बोर्डले जनाएको छ ।

बोर्डले सेप्टेम्बर ३० तारिखसम्म प्रस्ताव पेश गर्न पनि म्याद दिएको छ । निजगढ अन्तर्राष्टिय विमानस्थल निर्माणको लागि पूर्वतयारीको काम संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले गरिरहेको छ । तर यस विमानस्थलको लागि रुख कटानको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । अदालतले विमानस्थल निर्माणको कार्य अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।