Friday, May 15News That Matters

निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पौडेल

पूर्णपुष्टि, फागुन ८
नेपाल निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पुण्यप्रसाद पौडेल चुनिएका छन् । शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न ११ औँ अधिवेशनको बन्दशत्रले पौडेलको अध्यक्षतामा २१ सदस्य जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा जिवन थापा र वविता परियार छन् । त्यसैगरी सचिवमा सिताराम फुयँल, सहसचिवमा बालकृष्ण आचार्य र कोषाध्यक्षमा विजय गेलाल रहेका छन् । बन्दशत्रले गायत्रा राई, रमा कटुवाल, रेणुका राई, वसन्ती काफ्ले, सुनिता प्रधान, केशवप्रसाद साह, रमेश श्रेष्ठलाई सदस्यको जिम्वेवारी दिएको छ ।

त्यसैगरी सदस्यमा टिका विक, खेम ओझा, मोहनकुमार पौडेल, शुरेस पाण्डे, लिलबहादुर साही, भोजराज कोईराला, गोपाल निरौला र प्रभाश भण्डारी रहेका छन् । अधिवेशनले केन्द्रिय महाधिवेशन र प्रदेश अधिवेशनका लागि ६÷६ जना प्रतिनिधि छनौट गरेको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष जसबहादुर कार्कीका अनुसार केन्द्रिय प्रतिनिधिमा हिमालय पौडेल, देविन मगर, ओम मिश्र, गिता थापा, महेश फुयँल र डिगम कार्की रहेका छन् । त्यस्तै प्रदेश प्रतिनिधिमा फडिन्द्र विक, तारानाथ आचार्य, महेश खनाल, शरद चौधरी, गिरिराज खड्का र जानुका कार्की रहेका छन् ।

कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय अध्यक्ष केदारप्रसाद देवकोटाले कर्मचारी विचको विभेद् हटाउन संगठन लागि परेको बताए । उनले संगठनको अगुवाईमा कर्मचारीका वृत्तिविकास, सेवासुबिधा लगायतका धेरै बिषयमा उपलब्धि आर्जन गरिसकेकाले अवका मुद्धा कर्मचारीका नीतिगत व्यवस्था र सुधारका रहेको बताए । उनले संगठनमा लागेका केहि घुनपुतलीहरु उडेर गएपनि समग्र देशभर खासै त्यसको असर नपरेको बताए ।