
साउन १९ गते ।
भोजपुरमा निमोनियाले एक वडा अध्यक्षको मृत्यु भएको छ । पौवादुङ्मा गाउँपालिका – १ का वडाध्यक्ष ७२ वर्षीय रुद्रबहादुर पाण्डेको निमोनियाले मृत्यु भएको हो ।
निमोनियाले बिरामी परेपछि पाण्डेलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएपनि उनको मृत्यु भएको पालिकाले जनाएको छ ।
पाण्डे तत्कालीन स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा वियज भएका थिए ।
