Wednesday, June 10News That Matters

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ

पूर्णपुष्टि, असार १६

झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । मोरङको बेलवारी

नगरपालिका–१ हटिया लाईनबाट लागुऔषध ट्याब्लेट सहित ४ जना, झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डि.सी. सहित १ जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो बेलवारी नगरपालिका–१ का २५ बर्षीय रिकल कोईराला, २४ बर्षीय केशव गुरुङ,२७ बर्षीय बिशाल गुरुङ र ३५ बर्षीय सुरज गुरुङलाई Diazelab १७ एम्पुल, Phenergan १७ एम्पुल,  Avil १७ एम्पुल र LUPIGESIC१७ एम्पुल सहित पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे, ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका–६ का २७ बर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको हो ।

यस्तै ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ घर भई ईटहरी बस्दै आएका ४२ बर्षीय दुधिर श्रेष्ठलाई २०बोतल लागुऔषध डाईलक्स डि.सी.सहित कोशी गाउँपालिका–१ बाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।