Wednesday, June 3News That Matters

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

पूर्णपुष्टि, फागुन ३०
सुनसरीको ईनरुवा नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–८ का २२ बर्षीय मिथुन कुमार यादव र १९ बर्षीय प्रमोद कुमार सरदार रहेका छन् ।

लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागुऔषध ब्राउनसुगर तथा लागुऔषध ओसार पसारमा प्रयोग गरिएको BR-38-S-0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।