
पूर्णपुष्टि, कात्तिक २३
केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएपछि चिसो बढ्दै गएको छ ।
आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको थियो । अस्ति शुक्रबार १०.४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति आकाशमा बादल नलागेकाले न्यूनतम तापक्रम घटेको महाशाखाले जनाएको छ । आज प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ ।
अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने छ । तर चर्को घाम भने लाग्ने छैन । आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहने महाशाखाले जनाएको छ ।
