Sunday, June 28News That Matters

नेदरल्याण्ड्स विरुद्धको महत्वपूर्ण खेलमा नेपाल १६७ रनमै अलआउट

पूर्णपुष्टि, असार ९ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अलआउट हुँदै नेपालले नेदरल्याण्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै ८ विकेट गुमाएर १६७ रन बनाएको हो ।

टप सिक्सको सम्भावना कायम राख्न आज नेदरल्यान्ड्सलाई जित्नै पर्ने दबाबमा खेलेको नेपालले कमजोर ब्याटिङ गरेको छ । नेपालका लागी कप्तान रोहित पौडेलले सार्वाधिक ३३ रन बनाए । ओपनर ब्याटर आशिफ शेख रन बिहिन हुँदै आउट भए भने कुशल भुर्तेलले २७ रन बनाएर आउट भए । भिम सार्कीले २२ रन बनाएर आउट भए सन्दिप लामिछानेले २७ रन र दिपेन्द्र शिंह ऐरीले १४ रन बनाए । गुल्सन झा ले १५ रन र कुशल मल्लले १२ रन बनाए ।
नेदरल्याण्डका लागी भान वीकले ४ विकेट लिए भने डि लीड र भिक्रम शिंहले समान २–२ विकेट लिए ।

यदी नेपालले नेदरल्याण्ड्लाई हराए पनि नेपाललाई टप सिक्समा पुग्न नेदरल्याण्ड्स र वेस्ट इन्डिजबिचको खेल निर्णयक हुनेछ । नेदरल्याण्ड्सले वेस्ट इन्डिजमाथि जित निकालेमा नेपाल सुपर सिक्समा पुग्नेछ । यदी यो खेल हारेमा नेपाल समुह चरणबाटै बाहिरिने छ । समूह ए मा चार खेल खेलेको वेस्ट इन्डिज ४ अंक सहित पहिलो र समान खेल सहित ४ अंक जोडेको जिम्बावे दोस्रो स्थानमा छ । दुई खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो स्थानमा र तीन खेलमा २ अंक जोडेको नेपाल चौथो स्थानमा छ भने अंक विहिन अमेरिका पाचौं स्थानमा छ । दुई समूहमा विभाजन पाच–पाच टिमको लिग खेलपछि दुबै समुहका शिर्ष तिनका टोली सुपर सिक्समा पुग्नेछ । सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।