
पूर्णपुष्टि, चैत २
नेदरल्याण्ड्सले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोपमा प्रतिबन्ध लगाएको छ ।
आगामी २९ तारिख अर्थात् चैत १६ गतेसम्मका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको त्यहाँको सरकारले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
नर्वेमा खोप लगाएका वयस्कमा समस्या देखिएको खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने यो खोप र रगत जम्ने समस्यासँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।
युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले खोप र रगत जम्ने समस्याकाबारेमा अनुसन्धान गरिरहेको छ । यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड्स र थाइल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।
डेनमार्क र नर्वेबाट आएका खबरलाई मध्यनजर गरेर सम्भावित गम्भीर ‘साइड–इफेक्ट’ लाई ध्यानमा राखेर तत्कालका लागि खोपको प्रयोग रोकिएको नेदरल्याण्ड्स सरकारले जनाएको जनाईएको छ ।
खोपका सम्बन्धमा रहेको शङ्का हटेपछि मात्रै अघि बढ्ने जनाईएको छ ।
