Wednesday, June 10News That Matters

नेपलमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असोज २५

नेपालमा आज थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार चार सय २७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १ हजार ५ सय ५२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७५ हजार ८ सय ४ पुगेको छ ।

अब नेपालमा ३१ हजार तीन सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६ सय १३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।