
पूर्णपुष्टि, १८ असार ।
नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ उदयपुरको अध्यक्षमा पून ः ज्ञानु प्रधान चयन भएकी छिन् । जिल्लाको दोस्रो साधारण सभा तथा अधिवेशनले प्रधानलाई दोस्रो पटक पनि नेतृत्वमा चयन गरेको हो । सोमबार केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको उपस्थितिमा जगत भवन स्थित भएको साधारण सभा तथा अधिवेशनले प्रधानको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा शोभा खत्री, प्रथम उपाध्यक्षमा सुवास परियार, दित्तिय उपाध्यक्षमा सुमित्रा मगर, माहासचिवमा संगिता खड्का, सचिवमा अन्नखातुन अली, कोषध्यक्षमा प्रमिला परियार, सह–कोषध्यक्षमा श्याम कुमारी राई रहेका छन् । यस्तै सदस्यहरुमा जावेद अली, प्रेम परियार, धन वहादुर परियार र राकेश रनपहेली रहेका छन् ।
यस्तै सल्लाहकार समितिमा संयोजकमा कल्पना दर्नाल, सदस्यमा वनाद परियार, टिका मोते र मनोज परियार रहेको छ ।
निर्वातित कार्यसमितिहरुलाई केन्द्रीय अध्यक्ष श्रेष्ठले सपथ खुवाएर शुभकामना तथा वधाई दिएको छ । यस्तै अग्रज उद्यमी तथा व्यवसायी भरत बहादुर थापार संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सचिव नविन खवासले पनि नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।

निर्वाचित अध्यक्ष प्रधानले दोस्रो कार्यकाललाई काममुखी र व्यवसायीहरुका लागि अधिकारमुखी बनाउने जनाए । संगठनलाई थप मजबुद र कार्यन्वयनमुखी बनाउन सम्पूर्ण समितिका टिमलाई सिरियस भैकना लाग्न समेत अनुरोध गरिन् । प्रधान महिला व्यवसायी तथा उधमी हुन् । उनको गाईघाटमा कोशेली घर नामक उद्यमीहरुले उत्पादन गरेको सामाग्रीहरुको स्टोर समेत छन् ।






