Wednesday, April 29News That Matters

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६औं बर्ष गांठमा

पूर्णपुष्टि, बैशाख २५ । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३६औं स्थापना दिवसको अवसरमा उदयपुर शाखाले शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष मधुकर थापाको प्रमुख अतिथित्व तथा महासंघ जिल्ला शाखा अध्यक्ष विना राईको अध्यक्षतामा महासंघको ३६औं स्थापना दिवस मनाईएको हो ।

स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधानले राख्नुभएको थियो भने अतिथिहरूमा केन्द्रीय प्रतिनिधि सीता कार्की र प्रदीप गिरीको समेत उपस्थिति रहेको थियो । केक काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा महासंघलाई व्यवस्थित बनाई उद्यमीहरूको समस्याको समाधान, स्थानीय सरकारसँगको सम्बन्ध, ऐन कानूनमा सुधार गर्नुपर्ने लगायतका अन्य विषयमा प्रमुख अतिथी लगायत अतिथिहरूले धारणा राख्नुभएको थ