Sunday, June 28News That Matters

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको १० औँ जिल्ला अधिवेशनको उद्घाटन

पूर्णपुष्टि,  पौष ८

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको १० औँ महाधिवेशन तथा साताैं महिला जिल्ला सम्मेलनकाे उद्घाटन बुधबार गाईघाटमा भएको छ । प्रदेश नं १ काे उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बिजयकुमार बिश्वासले कार्यक्रमको उद्घाटन गर्नुभयो । अधिवेशनसँगै महासंघले ७ औँ महिला सम्मेलन समेत गरेकाे छ । राज्यमन्त्री बिश्वासले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।

साना उद्योग क्षेत्रलाई सफल बनाउँदै आत्मानिर्भरमुखि बनाउनकाे निम्ति स्थापना भएको महासंघले उद्योग, व्यवसायीहरुको लागि काम गर्दै आएकाे छ ।महासंघले बिषेश गरी साना उद्योग र लघु तथा साना उद्याेगीहरुलाई प्रोत्साहन गर्ने, उनिहरुका लागि वातावरणा सरल सहज बनाउन पहल गर्ने जस्ता काम माहासंघले गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री बिश्वासले नेपालमा आधुनिक प्रविधिको अभावले  हाम्रो उत्पादन चियासम्म भारतमा ल्याव  परिक्षण गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।

प्रदेश नं १ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बिजय कुमार बिश्वास

उहाँले यस्तो बाध्यतालाई तत्काल समाधान गर्नका लागि प्रदेश नं १ मै अन्तराष्ट्रिय स्तरको ल्याव प्रयोगशालाको तयारी भईरहेको बताउनुभयो ।

प्रदेश नं १ मा उद्योग व्यवसायीको विकास गर्न दुइओटा ऐन प्रदेश उद्योगिक व्यवसायी ऐन २०७७ र प्रदेश निजि तथा साझेदारी फर्म दर्ता सम्बन्धि ऐन २०७४ को निणर्य प्रदेशसभाबाट पारित भईसकेको समेत बताउनुभयो ।

महासंघका केन्द्रिय उपाध्यक्ष मुकेशकुमार उपाध्यय, महासचिव डम्बरप्रसाद रेग्मी, महासंघ केन्द्रिय महिला उद्यम समितिका अध्यक्ष शिवा उपाध्यय, महासंघ १ नं. प्रदेश अध्यक्ष राजेश काेइराला, बरिष्ठ उपाध्यक्ष भरतबहादुर थापा, महासचिव भैरव रिजाल, सदस्य प्रदिप गिरीकाे विशेष उपस्थिति थियाे । उहाँहरूले अधिवेशनकाे शुभकामना दिदै उदयपुरकाे अाैद्याेगिक क्षेत्रकाे विकासमा हाेस्टेमा हैसे गर्ने बताउनुभयाे ।

त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग माहांसघका अध्यक्ष मधुकर थापाले मन्त्री बिजय विश्वासलाइ उद्यमीहरूकाे समस्या तथा नीतिगत बाधा अड्चनहरू हटाउन पहल गरिदिन भन्दै ज्ञापन पत्र समेत बुझाउँनु भयो ।

ज्ञापन पत्र बुझाउँदै अध्यक्ष थापाले १ नं प्रदेश अाैद्याेगिक क्षेत्रकाे प्रचुर सम्भावना रहेको बताउँनुभयो । बिभिन्न जडिबुटी तथा खानीहरु अत्याधिक  मात्रामा रहेको र त्यसको व्यवस्थापन भएमा १ नं प्रदेश आर्थिक रुपमा  अघि बढ्नसक्ने समेत बताउनुभयाे ।

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँले उदयपुरका पुरै जनसङख्या मध्यको २ दशमलब ६ प्रतिशत मात्र उद्योग व्यवसाय रहेको जनाउनुभयो ।

उहाँले यसको थप बृद्धि विकास गरीअाैद्योगिकिकरण गर्दै आत्मानिर्भरता,  रोजगार बढाउन आफ्नो कार्यलयको तर्फबाट आवश्यक सहयाेग  गर्ने जनाउनुभयो ।

मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालकाे उद्याेग गराैं, उद्यमी बनाै, उठाअाैं नेपाल भन्ने नाराका साथ भएकाे कार्यक्रममा जिल्ला भरकै उद्यमीहरूकाे सहभागिता थियाे ।