
पूर्णपुष्टि, कात्तिक १८
नेपालमा आज थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्ट भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा घण्टामा ११ हजार एक सय ६६ जनाको नमुना परीक्षण गरिएको थियो । त्यस्तै गत २४ घण्टामा ३ हजार १ सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।
अब ३७ हजार ४ सय ७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने १ हजार २ सय ७७ जना क्वरेण्टीनमा रहेका छन् ।
त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको मन्त्रालयले जनाएको छ ।
