
पूर्णपुष्टि, चैत २४
चैत २५ अर्थात भोली हुने नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागी नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्ष पदमा भोटराज राई र भरत खड्काले उमेदवारी दिएका छन् ।
राई प्रेस सेन्टर, चौतारी माधव नेपाल समूह र स्वतन्त्र पत्रकार संघको तर्पmबाट साँझा उम्मेद्ववारी हुन् भने खड्का नेपाल प्रेस यूनियन, चौतारी केपी ओली समूह र प्रेस मञ्चको साँझा उम्मेद्ववारी हुन् ।
दुवै उम्मेद्ववार निवर्तमान कार्यसमितिका खड्काल अध्यक्ष र राई उपाध्यक्ष समेत हुन् । गत २२ गतेको उम्मेद्ववारी मनोनयन दर्ता कार्यक्रम रहेपनि निर्वाचन संयोजक वद्रीप्रशाद काफ्लेले यूनियन र ओली समूहको चौतारीको एलायन्सको विज्ञप्तिमा हस्ताक्षर गरेपछि निर्वाचन निष्पक्ष हुनेमा आशंका पैदा भएको भन्दै राई समूहले विरोध गरेका थिए ।
उक्त समूहको विवादपछि नयाँ निर्वाचन समितिमा वरिष्ठ पत्रकार कौशल चेम्जोङको संयोजकतवमा गोकुल चाम्लिङ, वन्दना दनुवार र कमल कार्कीलाई नयाँ निर्वाचन मण्डलमा समावेस गरिएपछि पुनः मनोनयन दर्ता प्रक्रिया शुरु भएको थियो ।
