
पूर्णपुष्टि, भदौ १९
नेपालको १२ वटा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी छ । काठमाण्डौ, ललितपुर, चितवन, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही र रुपन्देहीमा ५ सयभन्दा बढी सङ्क्रमित रहेको स्वास्थ्इ तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
अहिले नेपालको ६ वटा जिल्लामा एक जना पनि सङ्क्रमित छैनन् । ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्लामा सङ्क्रमित एक जना पनि संक्रमित नभएको मन्त्रालयले जनाएको छ ।
देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । बिहीबार नौ सय १७ जना कोरोना सङ्क्रमणमुक्त भइ घर फर्केको छ । योसँगै अहिलेसम्म निको हुनेको संख्या २४ हजार दुई ७ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार चार सय १३ रहेको मन्त्रालयले जनाएको छ ।
