
पूर्णपुष्टि, चैत ३ ।
पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहँ गुड्दै आएको रेल अब दिन बिराए सञ्चालन गरिने छ । फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेकोले अब महिलामा १५ दिन मात्रै रेल सञ्चालन गरिने भएको हो ।
तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ ।
होलीमा रेल बन्द गरिएको र होलीपछि एक दिन बिराएर गुडाइने उनले बताए । रेल गुडिरहे पनि आम्दानी भएको छैन । महाप्रबन्धक झाले आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाइने बताए ।
जनकपुर–जयनगर रुटमा रेल सन्चालन गर्नका लागि गत वर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरिद गरी ल्याएको थियो ।
