
पूर्णपुष्टि, जेठ ११ गते ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । उक्त संक्रमितमध्ये ८७ जना उपचारछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जसंखया मन्त्रालयले जनाएको छ ।
उपचारपछि निको हुनेमा उदयपुरमा फेला परेको ३३ जनामा संक्रमित मध्ये २३ जना निको भएका छन् । त्यस्तै बाँकेमा अहिलेसम्म १ सय ४२ जनामा संक्रमण पुष्टि भएकोमध्ये २१ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै कपिलवस्तुमा ८० जनामा संक्रमण पुष्टि भएको मध्ये १० जना उपचारपछि निको भएका छन् । र्सामा ९४ जनामा संक्रमण पुष्टि भएकोमध्ये ७ जना निको भएका छन् ।
त्यस्तै रुपन्देहीमा १, झापामा २, रौतहटमा ३, बारामा २, काठमाण्डौमा ४, धनुषामा १, कैलालीमा ४, चितवनमा २, भक्तपुरमा २, धादिङमा १, बागलुङमा २, भोजपुरमा १ र कञ्चनपुरमा १ जना उपचारपछि निको भएका छन् ।
अहिलेसम्म नेपालको ४२ वटा जिल्लामा संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भएएको मन्त्रालयले जनाएको छ ।
