
पुर्णपुष्टि,असोज १९
नेपालमा आज मात्रै २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये काठमाडौं उपत्यकामा मात्रै एक हजार पाँच सय संक्रमित पुष्टि भएको छ ।
पछिल्लो समय उपत्यका लगाएत देशैभरी संक्रमितको संङख्या बढ्दो अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार मात्रै उपत्यका लगाएत देशको बिभिन्न जिल्लाहरुमा गरी २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । त्यसैगरी देशभर सकृय संक्रमितको संख्या २३ हजार ५ सय ७ जना रहेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ ।

