
पूर्णपुष्टि, असोज २१
नेपालमा आज एकैदिन अहिलेसम्मकै सवै भन्दा बढी कोरोना संक्रमित थपिएको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा ९४ हजार दुई सय ५३ जनामा कोरोना सङ्क्रमण पुटि भएका छन् भने उपचारपछि ६८ हजार ६ सय ६८ जना निको भईसकेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ७८ पुगेको छ ।

