Sunday, May 17News That Matters

नेपालमा एकैदिन १११२ जना कोरोना मुक्त

पूर्णपुष्टि, भदौ १७

नेपालमा आज थप एक हजार एक सय १२ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २३ हजार दुई सय ९० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो संख्या कुल सङ्क्रमितको ५६ प्रतिशत हो ।

प्रदेश १ एक हजार सात सय ८७, प्रदेश २ मा ६ हजार ३४ र वाग्मती प्रदेशमा एक हजार पाँच सय ६९ जना डिस्चार्ज भएका हुन् ।

त्यस्तै गण्डकी प्रदेशमा एक हजार सात सय नौ, प्रदेश ५ मा पाँच हजार ६६, कर्णाली प्रदेशमा दुई हजार एक सय ३७ र सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८८ जना डिस्चार्ज भएका हुन् ।

सङ्क्रमितमध्ये सघन उपचार कक्ष (आईसीयू) मा एक सय ४४ जना र भेन्टिलेटरमा १८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाण्डौ, ललितपुर, चितवन र रुपन्देही जिल्लाहरुमा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, मुस्ताङ, मुगु, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।