Wednesday, June 3News That Matters

नेपालमा करिब १९ प्रतिशत मानिसा गरिबीको रेखामुनि

पूर्णपुष्टि, कात्तिक १

नेपालको करिब १९ प्रतिशत मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेको छ ।
गरिब पहिचान कार्यक्रम अन्तर्गत २६ जिल्लाका करिब ४ लाख गरिब परिवार पहिचान भएको र अहिले २३ जिल्लामा पहिचानको काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
‘सबैका लागि सामाजिक र वातावरणीय न्याय हासिल गर्न सहकार्य’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउन लागिएको हो । सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १७ मा यो दिवस विश्वभर मनाउन थालिएको हो ।

सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य राखिएको छ । राष्ट्रसंघले विकासोन्मुख देशमा खाना, नाना र छानाको अभावमा रहेका नागरिकलाई गरिबीको सूचकाङ्कमा रुपमा राखेको छ ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट समृद्धितर्फ र विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दिवसले उत्प्रेरणा प्रदान गर्ने बताउनु भएको छ ।