
पूर्णपुष्टि, चै २८ ।
विभिन्न विकसित राष्ट्रहरूको दाँजोमा नेपालमा आजसम्म कोभिड १९ को सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून देखिएको छ ।नौ जनामा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको नेपालको तथ्यांक छ । त्यसमध्ये एक जना निको भइसकेका छन् । अन्य आठ जनाको उपचार चलिरहेको छ । उपचारमा रहेकाहरुको अवस्था पनि सामान्य रहेको जनाइएको छ ।
नेपालमा भेटिएका सङ्क्रमितमध्ये आठ जना विदेशबाट आएका र एक जना सङ्क्रमित व्यक्तिकी परिवारकी सदस्य हुन् । नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनुमा विभिन्न कारण हुन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । कारणहरुमा परीक्षण नै नहुनु, नेपालीको जीवनशैली, नेपालीको प्रतिरक्षा प्रणाली बलियो हुनु, बीसीजी खोपको प्रभाव, भाइरस फैलाउने पूर्वाधार नै कम हुनु भनिएका छन् ।
विज्ञहरुको आकलनमा यी कारणहरु भएपनि ढुक्क हुने अवस्था भने नरहेको बताउछन् । अझै पनि उच्च सतर्कता अपाउनुपर्ने अवस्था कायमै रहेको बताइन्छ ।
