
माघ १३ गते ।
आजबाट नेपालमा कोरोना भाइरसको नमुना परीक्षण सुरु हुने भएको छ । सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको हो ।
भाईरको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले परीक्षण गर्ने तयारी भएको प्रयोगशालाले जनाएको छ ।
केहि दिन अगाडी चीनबाट नेपाल आएका एक जनामा कोरोना भाइरसको संक्रमण देखा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले जनाएको छ ।
चीनबाट आएका जो सुकै व्यक्तिमा सय डिग्री भन्दा बढी ज्वरो आएको भेटिएमा उपचारको लागि अस्पताल पठाउने गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
रसुवागढी नाकामा रहेको चिनियाँ क्वारेन्टाइन कार्यालयले कोरोना संक्रमण भएका पर्यटक पाएमा चिन फर्काउने गरेको छ । तर नेपालीमा कोरोना भेटिए नेपाली स्वास्थ्यकर्मीको जिम्मा लगाउने सहमति भएको थियो ।
अहिलेसम्म नेपालमा एक जनामा भाईरसको संक्रमदेखा परेको छ भने दुई जनामा सङ्खा गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शंङ्खा गरेका दुई जनाको नमुना परीक्षणको लागि हङकङ पठाइएको र केहि दिनमा नै प्रतिवेदन आउने मन्त्रालयले जनाएको छ ।
