Monday, June 29News That Matters

नेपालमा कोरोना मुक्त हुनेको संख्या १ हजार नाघ्यो

पूर्णपुष्टि, असार ३ गते । 

नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या १ हाजार नाघेको छ । अहिलेसम्म नेपालमा उपचारपछि निको हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ  ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सिरहाबाट ६ जना र वीरगञ्जबाट ३ जना संक्रमित निको भएर डिस्चार्ज भएको जनाईएको छ ।