Friday, May 22News That Matters

नेपालमा कोरोना संक्रमणको संख्यामा उच्च बृद्धि, आज थप ७६ जना थपियो

पूणर्पुष्टि, जेष्ठ, १५

नेपालमा पनि कोरोनो संक्रमणको संख्या दिनानु बढ्दै गइरहेको छ । आज मात्रै २ नं प्रदेशमा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

२ नं प्रदेश स्थित धनुषामा सबै भन्दा बढी २९ जनामा संक्रमण देखिएको छ , भने महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४  र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको सँगै ७६ जनामा आज विहान संक्रमित पुष्टि भएको हो ।

प्रदेश नं २ मा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा बढी पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले जानकारी दिनुभयो । हिजो मंगलबार मात्रै देशभर बाट गरिएको परिक्षणमा ११४ जना संक्रमित फेला परेको थियो । यस्ले नेपालमा पनि संक्रमितको संख्या तिव्र गतिमा रहेको जनाउँछ ।