
पूर्णपुष्टि, जेठ २४ गते ।
आज नेपालमा थप २ जनाको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
डोल्पाको एक ५८ वर्षीय पुरुषको गत जेठ २१ गते राति करिब २ बजेतिर मृत्यु भएको थियो । उनी १६ गते सुर्खेतबाट १८ गते डोल्पा पुगेको थियो । मृतक पुरुष दमको रोगी भएको जनाईएको छ ।
त्यस्तै सेती अस्पतालमा डाईलासिस गर्दैगर्दा गत जेठ २३ गते दिउँसो कबिर १२ बजे एक जना मृगोला रोगी महिलाको मृत्यु भएको छ । उनीलाई कुनै कोरोनाको लक्षण नदेखिएपनि उक्त अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पोजेटिभ रिपोर्ट आएको जनाएको छ ।
ऋहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने ३ सय ६५ जना डिस्चार्ज भईसकेको छ ।
