Friday, July 3News That Matters

नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या १८ हजार नाघ्यो

पूर्णपुष्टि, भदौ ५

नेपालमा आज थप दुई सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।