Saturday, June 13News That Matters

नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि असार ९ 

आज नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट उनको मृत्यु भएको पुष्टि जनाईएको छ । मृत्तक पुरुष क्षयरोगका बिरामी थियो । उनले करिब अढाई वर्षदेखि क्षयरोगको औषधि सेवन गर्दैआएको थियो ।

दैलेखबाट आएको भोलिपल्टै उनको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजिटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।