Tuesday, June 30News That Matters

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, साउन २ 

नेपालमा आज थप एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज कुल कोरोना संक्रमित मध्ये थप २ सय ८५ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले देशको विभिन्न अस्पतालको आईसोलेशनमा ५ हजार ८ सय ७१ जना विरामी उपचाररत छन् । अहिलेसम्म नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।