Friday, May 22News That Matters

नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ २४

नेपालमा आज थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४९ हजार दुई सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

त्यस्तै गत २४ घण्टामा नौ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ ।

अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।